आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

यहि कात्तिक १६ बाट प्रदर्शनमा आउने तयारीमा रहेको नायिका रेखा थापाको निर्देशन तथा अभिनयमा बनेको चलचित्र ‘मालिका’को च्यारेटी शो सुरु गरिएको छ । मंगलबार धादिङबाट च्यारेटी सुरु भएको हो । छोरीको लागि स्वर्णिम नेपालका अभियान्ताको पहलमा भएको त्यहाँको च्यारेटी शोमा रेखा आफैं त्यहाँ पुगेकी छिन् । रेखाका अनुसार नेपालका जतिपनि हल नभएका जिल्ला छन्, ती ठाउँमा च्यारेटी गरिनेछ । ‘मालिका फिल्म मात्रै नभएर बाल बिवाह बिरुद्धको अभियान पनि हो ।’ बुधबारबाट देशका विभिन्न भू–भागमा चलचित्रको थप च्यारेटी शो हुने रेखाले जानकारी दिइन् ।

बाल विवाह विरुद्धको कथा भन्ने मालिका मा जाजरकोटकी चौध वर्षिय बालिका कमला वली बाल बधुको भूमिकामा प्रस्तुत भएकी छन् । चलचित्रको कथा रेखा र नरबहादुर कार्की मिलेर लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता समेत रहेका कार्की अन्र्तराष्ट्रिय जीवन प्रशिक्षाक हुन् । रेखा फिल्मस्को ब्यानरबाट बनेको ‘मालिका’ बाट रेखा निकै आशावादी देखिएकी छिन् ।