
<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नायिका पूजा शर्माले नयाँ चलचित्रका लागी १५ लाख पारिश्रमिक लिएकी छिन् । पछिल्लो समय नायकसँगै नायिकाहरुको पनि चलचित्रका लागी पारिश्रमिक बढिरहेका बेला पुजाले ‘सम्हालिन्छ कहिले मन’ नामको चलचित्रका लागी उक्त रकम लिने हस्ताक्षर गरेकी हुन् ।</p><p style="text-align: justify; ">यसअघि आफ्नै ब्यानरमा काम गर्दै आएकी पुजाले यो पटक अर्कै ब्यानरबाट बन्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् । एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । चलचित्रको आउँदो माघबाट छायांकन सुरु हुनेछ । </p>