‘वीरविक्रम २’: आकाशको ठाउँमा पल

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

केहिदिन अघि निकै तामझामका साथ पञ्चेबाजा सहित नायक आकाश श्रेष्ठलाई चलचित्र ‘वीरविक्रम २’का लागी स्वागत गरिएको थियो । चलचित्र निर्माण घोषणा कार्यक्रममा मुख्य नायकको रुपमा आकाश फाइनल गरिएको थियो तर केहिदिनमै आकाशले चलचित्रबाट हात झिकेका छन् । उनी आफ्नो हजुरबुबा बिरामी परेकाले चलचित्रमा समय दिन नसक्ने कारण देखाउँदै बाहिरिएका हुन् ।

आकाशले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हजुरबुबा विरामी हुँदा उहाँको उपचारमा समय लाग्ने भएपछि फिल्मलाई समय दिन नसक्ने भएको छु । मिलन दाईसँग काम गर्न पाउनु मेरो ठूलो सौभाग्य थियो र खुसी थिएँ तर यो टिमलाई साथ दिन सकिनँ ।’ यससँगै आकाशले छोड्नासाथ चलचित्रमा पल शाह भित्रिएका छन् । सोमवारमात्र निर्माण टिम र पलबीच कागजी सम्झौता भएको हो । मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने यो चलचित्रमा अब पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदीलगायतका कलाकारहरुको अभिनय रहने छ ।  अर्पण सापकोटा सह–निर्माता रहेको फिल्मको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।