दुई महिना अघिनै गोपी

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

यसैबर्षको चैत १५ मा प्रदर्शन हुने भनिएको चलचित्र ‘गोपी’ दुई महिना अघि सरेको छ । अब यो चलचित्र माघ को १८ गतेबाट प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दिएको छ । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् ।

चलचित्रको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले चलचित्र अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ । गोपीलाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो,’ निर्माता केसीले प्रष्ट्याए ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा चलचित्रमा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् । काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।