सुएलेन नवौं चाईल्ड आईकन

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

युरो स्कुलमा अध्ययनरत सुएलेन फगामी पुनले नवौं चाइल्ड आइकनको उपाधि हात पारेकी छिन् । मंगलबार बेलुका काठमाडौंको जमलस्थित राष्ट्रिय मिडिया ल्याण्डले आयोजना गरेको नवौं चाइल्ड आइकनको उपाधिसँगै उनले १ लाख रुपैयाँ र ५ दिनका लागि सिक्किम, दार्जिलिङ भ्रमणको अबसर  पनि जितेकी छिन् ।

सो प्रतियोगितामा सिनीयर तर्फ राजश्री गुरुकुलका साइन अमगाइ फस्र्ट रनर अप भए । सितियर तर्फ नै सेकेन्ड रनर अपको उपाधि युरो स्कुलकी आयुस खनालले हाँसिल गरिन् । प्रतियोगितामा जुनीयर तर्फ युरो स्कुलका अर्का बिद्यार्थी आर्जन गेलाल फस्र्ट रनर अप भए । यस्तै सेकेन्ड रनरअपमा युरो स्कुलकै आयुशीश्री घिमिरेले जितेकिछिन । फस्ट रनर अप र सेकेन्ड रनरअपका बिजेताहरुले विभिन्न उपहार सहित लुम्बिनी र पोखरा भ्रमणको अबसर जितेका छन् ।

बिगत १० बर्षदेखीआयोजनाहुँदै आएको चाइल्ड आइकनको  यो नवौं संस्करण हो । यो प्रतियोगितामा सिनियर र जुनियर सहित ८२ जना प्रतियोगी थिए ।  प्रतियोगिताको निर्णायकमा ओलम्पियन तथा तेक्वान्दो खेलाडी दिपक बिष्ट, सशस्त्रप्रहरी बलका प्रहरी उपरिक्षक सुरेश गैरे, कलाकार गजित बिष्ट, संयोग कोइराला, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, मोडल रजनी थापा, व्युटिसिएन सिता पाठक, शोभा महर्जन रहेका थिए ।

बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले चाइल्ड आईकन प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्याण्डकी प्रबन्ध निर्देशक प्रतिमा श्रेष्ठले बताईन् ।