प्रदीप–साम्राज्ञी एउटै चलचित्रमा देखिने

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

पछिल्लो समयका युवापुस्ताका लोकप्रिय नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अब एउटै चलचित्रमा देखिने भएका छन् । केहिसमयअ अघि प्रदीप र साम्राज्ञी एउटै फिल्ममा काम गर्लान् भन्ने हल्ला चलचित्र नगरीमा चलिरहँदा अब भने यो जोडीले सँगै काम गर्ने पक्का भएको हो । नाम नखुलाउने सर्तमा गएको शुक्रबार साँझ प्रदीप र साम्राज्ञीलाई निर्देशक हेमराज बिसीले सम्झौता गराएका हुन् । चलचित्रको नाम चाडै घोषणा गरिने निर्देशक बिसीले बताएका छन् । चलचित्रको कथा पनि निर्देशक बिसीले नै लेखेका हुन् ।

चलचित्र ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । आगामी जेठ वा असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ । चलचित्रको लागत चार करोड लाग्ने पनि शाहीले बताएका छन् । चलचित्र ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।