कलाकार कल्याणकारी कोषमा रामकृष्णको ५ लाख ५० हजार सहयोग

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

जापानमा बस्दै आएका गायक, संगीतकार तथा सर्जक रामकृष्ण बम मल्लले कलाकार कल्याणकारी कोषका लागी पाँचलाख ५० हजार नगद सहयोग गरेका छन् । लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारहरुले बि.स. ०६४ सालदेखी सञ्चालनमा ल्याएको कलाकार कल्याणकारी कोषमा गायक मल्लको जापानमा सम्पन्न एकलसाँझबाट उठेको उक्त रकम हस्तान्तरण गरेका हुन् । बुधबार सामाखुसीस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा जापानबाट आएका रामकृष्ण बम मल्ल एकलसाँझका संयोजक डिपि कंडेलले पाँचलाख ५० हजारको चेक हस्तान्तरण गरे।

दशकबढी समयसम्म गीतसंगीतमा लागेका रामकृष्ण बम मल्लको एकलसाँझबाट उठेको पाँचलाख रकम हस्तान्तरण गर्न पाउँदा खुसी लागेको संयोजक कंडेलले बताए । उनले एकलसाँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिएको बताए । यस्तै गायक रामकृष्ण बम मल्लका भाई संगीतकार श्रीकृष्ण बम मल्लले दाजुको एकलसाँझबाट उठेको रकम कलाकारहरुकै हितका लागी खोलिएको कल्याणकारी कोषमा राख्न पाउँदा खुसी ब्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले यस कार्यकालको कार्यसमतिले कल्याणकारी कोषमा यसबर्ष १ करोड रुपैंया पु¥याउने उद्देश्य छिट्टै पुराहुने समेत बताए । ‘हामीले लिएको उद्देश्य छिट्टैनै पुरा हुन्छ जस्तो लागेको छ, किनकी हामीलाई पछिल्लो समय धेरै सहयोगी मनहरुले सहयोग गर्दै जानुभएको छ, अझै सहयोग आउनेछ, आशा लिएका छौं’ पंगेनीले भने । यस्तै प्रतिष्ठानका पुर्वअध्यक्ष दुर्गा रायमाझिले अहिलेसम्म कलाकार कल्याणकारी कोषमा ८५ लाख रुपैया जम्मा भइसकेको बताए । केहिसमय अघि प्रतिष्ठानको युके शाखाबाट एकमुष्टमा अहिलेसम्मकै सर्वाधिक रकम ५ लाख ८१ हजार ५ सय सहयोग आएको पनि जानकारी दिए ।

कोषमा रहेको रकमको ब्याजबाट आएको पैसा बिभिन्न कारणले दुखमा परेका कलाकराहरुको सहयोगमा लगाइने उनको भनाई छ । केहिदिन अघिमात्रै रुपन्देही शाखाबाट पनि सहयोगका लागी निवेदन आएको उनको भनाई छ । ‘हामीलाई रुपन्देही तथा अन्य केहि जिल्लाबाट पनि सहयोगका लागी निवेदन आएको छ, हामीले मिटिङबाट सहयोगका लागी उपर्युक्त छ भन्ने निष्कर्ष गरेपछि मात्रै आवश्यक सहयोग रकम हस्तान्तरण गछौं ।’ उनले भनेका छन् ।

प्रतिष्ठानले केन्द्रिय भवनका लागी पनि सहयोग रकम जुटाउँदै आएको छ । राजधानीकै बसुन्धरामा जग्गा खरिद गरिसकेको प्रतिष्ठानले जनाएको छ । आउँदो पुस महिनामा भवनको शिलान्यास गरी निर्माणकार्य सुरु गरिने प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिएका छन् । गएको तिहारबाट देउसी भैलो खेलेरमात्रै ३२ लाख रकम उठेको थियो ।