आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

‘यतिधेरै मान्छे हरुको भिडमा, लाजको लाली पोतेर आइदेउन, तिम्ले नसम्झिँदा माया, मैले सोँचे जस्तो’ लगायतका दर्जनौं हिट गीत दिएकी गायिका मल्लिका कार्की लामो समयपछि गीतसंगीतक्षेत्रमा फर्किएकी छिन् । दशक बढी समय गीतसंगीतकै क्षेत्रमा बिताएकी मल्लिकाले अब आफू सक्रिए भएर लाग्ने बताएकी छिन् । कुनैसमय गीतसंगीतको दुनियामा एकछत्र राज गरेकी मल्लिकाका बिगत पाँचबर्ष यता गीतहरु निकै कम मात्रामा सार्वजनिक भएका छन् । उनले बिभिन्न घराएसी काम तथा देश बाहिरका कार्यक्रमहरुले गर्दा धेरै गीत दर्शक तथा स्रोता माझ ल्याउन नसकेको बताइन् ।

‘म पुर्णरुपमा चटक्कै गीतसंगीतलाई छाडेर बसेकी होइन, बिचमा केहि गीतहरु सार्वजनिक भइरहेका छन्, पहिलाको जस्तो धेरै र सार्वजनिक भएसका सबैगीत हिट नभएकाले पनि हराएजस्तो भएकोहोला, अब सक्रिए भएर लाग्छु’, मंगलबार हिमालय टाइम्ससँग कुरागर्दै भनिन् । यस्तै उनले कहिल्यै गीतसंगीतको क्षेत्रबाट टाढा रहन नसक्ने बताइन् । अमेरिका तथा युरोपका बिभिन्न देशगरी अहिलेसम्म २५ वटा देश पुगिसकेकी मल्लिकाले आफूलाई अझै पनि दर्शकहरुको मायाले गर्दा कार्यक्रमहरुको अफर पहिलाकै बराबरीमा आउने गरेको बताउँछिन् । उनले केहिदिन अघिमात्रै युरोपको कार्यक्रम सकेर नेपाल आएको बताइन् । ‘देश भित्र र बाहिर हुनुभएका नेपाली दर्शकको माया अझैपनि उत्तिकै छ, आयोजकहरुले उत्तिकैमात्रामा बोलाउनुहुन्छ, हरेक ठाउँमा पुग्ने कोसिस गरेकी हुन्छु, त्यसैले पनि नयाँ गीत बजारमा ल्याउन समयका कारण गाह्रो भएको हो’ उनले भनिन् ।

मल्लिकाले गएको फागुनमा बिहे गरेको पनि खुलाइन् । मिडियामा खासै चर्चा नभएको उनको बिहेबारे उनले आफूले नै चर्चा गर्न नचाहेको बताउँछिन् । ‘बिहे गर्दा चर्चा गर्नुपर्छ जस्तो लाग्दैन, तर केहिसमय पछि हामी दुबै जना दर्शकमाझ आउँनेछौं’ उनले श्रीमानसँग अन्तर्वाता दिने समेत बताइन् । श्रीमान कला क्षेत्रभन्दा बाहिरको रहेको उनी बताउँछिन् ।