गाउँमा झन् जनशक्ति कम छ, माहामारी फैलिनसक्छः अर्जुन घिमिरे

...

बैशाख, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार अर्जुन घिमिरे (पाँडे)ले नेपालमा गएको महाभुकम्पको कारणले नेपाल रोईरहेको यो क्षणमा दुख व्यक्त गर्नुभएको छ । भद्रगोलमा सधै हँसाईरहने पात्रको रुपमा रहनुभएका कलाकार घिमिरेको आफ्नै घर पनि भुकम्पले लगेको छ । नुवाकोट घरभई हाल काठमाडौं बालाजु बस्दै आउनुभएका घिमिरे आफ्नो घर लगायत आफ्नो गाउँनै सबै सखाब हुने गरी भुकम्पले लगेको कुरा आर्टिस्ट खबरलाई बताउनु भयो ।

 

Arjun ghimire ' pade '

सनिबार काठमाडौंमा थिए भुकम्प आएपछि गाउँघरको चिन्ता लाग्यो, केहिबेर फोन लागेन केहि समय पछि घरको खबर बुझ्दा गाउँका सबै घर भुकम्पले लगेछ, धन्न परिवारका सदस्य बाच्नुभएछ, उहाँले भन्नुभयो । नुवाकोट गएर आजमात्र राजधानी फर्कनु भएका घिमिरे यतिखेर गाउँमा पनि राहतको आवश्यकता भएको बताउनु भयो । शहरमा पनि जनधनको उत्तिकै मात्रामा क्षति भएको छ सँगसँगै गाउँघरतिर पनि जनधनकोक्षति भएको र गाउँका बासिन्दाहरुलाई पनि राहतको आवश्यकता भएको तर सरकारले राहत पुर्याउन नसकेको कारण दुख व्यक्त गर्नुभएको छ । गाउँमा झन् जनशक्ति कम छ, गाईबस्तु हरु मरेका छन्, त्यसैले माहामारी फैलिनसक्छ, उहाँले भन्नुभयो ।

 

कलाकार अर्जुन घिमिरेले हामिसँग कुरागर्दै भन्नुभयो, हामि भद्रगोलको टिम मिलेर भुकम्प पिडितहरुको लागि राहतको पहल गरीरहेका छौं । उहाँले केहि समय अघि भद्रगोलमा पनि भुकम्प बिशेष सो गरेको र त्यतिखेर सहकार्य गरेका भुकम्प सँम्बन्धित सँस्थाहरुलाई राहतको पहल गरेको बताउनुभयो ।