युएईमा ‘छक्का पञ्जा ३’ प्रदर्शन हुने

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

चलचित्र ‘छक्का पञ्जा ३’ युएईमा पनि प्रदर्शन हुने भएको छ । नेपाली चलचित्रको उच्च कमाइ गर्ने चलचित्रमा रेकर्ड राखेको ‘छक्का पञ्जा ३’ आगामी डिसेम्बर १३  तारिक देखि युएईका बिभिन्न ८ शहरका  हलहरुमा लाग्ने भएको छ । नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा  नेपाली चलचित्र ‘छक्का पञ्जा ३ पर्दशनी हुने भएको हो ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन्  । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन चलचित्र प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा २०१६ अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र बीर बिक्रम पर्दशनी भएर नियमित प्रदर्शन सुरु भएको थियो । युएईको चलचित्र हलमा ‘छक्का पञ्जा३ ’ पर्दशनीको लागि सम्पूर्ण तयारी सकिएको युएईका लागि नेपाली चलचित्रका वितरक राजन अधिकारीले बताएका छन्  ।

देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निर्माण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।

दीपाश्री निरौला निर्देशीत चलचित्र दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई  शिवहरि पौडैल, केदार घिमिरे ‘माग्नेबुढा, जितु नेपाल, बुद्दी तामाङ, लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३’ सन्देश मुलक चलचित्र बनेको समीक्षको राम्रो प्रतिक्रिया पाएको छ ।