बलिउडको ठुलो चलचित्र ‘२.०’ सँगसँगै शान्ति

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

आउने शुक्रबार नेपाली चलचित्र ‘शान्ति’ एकल प्रदर्शनमा आउने भएको छ । अन्य कुनैपनि नेपाली चलचित्र यो साता प्रदर्शनमा आउने छैनन्  । प्राय एकसातामै दुई देखी चारवटा चलचित्रसम्म प्रदर्शन हुनेमा यो साता भने शान्तिमात्र प्रदर्शन हुने भएको हो । तर हलमा बलिउडको अर्को ठुलो चलचित्र ‘२.०’ प्रदर्शनमा आउँदैछ । ट्रेलर सार्वजनिक भएसँगै बहुप्रतिक्षित बनेको यो चलचित्रसँगै ‘शान्ति’ भिड्ने भएको हो ।

सामाजिक पारिवारिक कथाबस्तु रहेको यो चलचित्र टिमले मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम राख्दै  चलचित्रबारे जानकारी दिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । निर्देशक लिङ्देनले चलचित्रले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थता, नारीको संवेदनशिलता जस्ता विषयलाई समेटेको बताए । ‘फिल्म सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं । समाजको कथालाई हामीले फिल्ममार्फत देखाएका छौं,’निर्देशक लिङ्देनले भने,‘फिल्म एक वर्ष अघि नै निर्माण गरिएको हो । तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहौल बन्यो ।’

फिल्मका नवनायक सन्जिब थेवेले पहिलोपटक फिल्ममा काम गर्दा केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले फिल्मको कथाबस्तुले आफूलाई लोभ्याएको बताईन् । संगीतकार विकास चौधरीले आफूले पहिलोपटक फिल्मी पाश्र्वगायन ‘शान्ति’बाट शुरु गरेको खुलाए । यो फिल्मका दुई गीतमा विकासकै स्वर छ ।

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । कविता राई लिङ्देन प्रस्तुतकर्ता, बसन्त थेबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ । पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ चलचित्र हो ।