शृंखलालाई आज ५ बजेसम्म भोट गर्न सकिने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा यतिबेला मिस वल्र्ड बन्नका लागी चीनमा प्रतिस्पर्धा गरिरहेकी छिन् । यस्तै उक्त इभेन्टमा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थपिएको छ । नोभेम्बर २८ सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरी नोभेम्बर ३० सम्म पु¥याइएको छ । अब आज अपरान्ह ५ बजेसम्म नेपाली चेली शृंखलालाई भोट गर्न सकिनेछ ।

उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट अनुसार नेपालकी सुन्दरी शृंखला खतिवडाले ‘मिस वल्र्ड–२०१८’को मल्टिमिडिया भोटमा सबैभन्दा अगाडि छिन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृखलाले सबैलाई लिड गरिरहेकी छिन् । उनले सबैभन्दा धेरै ३४.९२ भोट प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका प्रतिस्पर्धी १० प्रतिशत भोटको वरिपरि छन् । शृंखलाले भोटको समय थपिएको भन्दै आफूलाई भोट गर्न पुनः आग्रह गरेकी छन् । उनले आउँदा चरणह हेड टु हेड ट्यालेन्ट राउन्डमा पनि सहयोगको अपेक्षा गरेको आफ्नो फेसबुक पेजमा लेखेकी छन् । ‘मिस वल्र्ड–२०१८’को फाइनल यहि मंसिर २२ गते चीनको सान्यामा हुँदैछ ।