मिस वर्ल्ड २०१८ को मल्टिमिडिया अवार्ड हात पार्दै फाइनलमा पुगिन् श्रृंखला

आर्टिष्ट खबर / मंसिर काठमाडौं ।

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी छिन् । उनले अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन् । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त अवार्ड जितेकी हुन् । मल्टिमिडिया अवार्डका लागि भने नेपालसहित केन्या, चीन, पोर्टोरिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए । तर विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भइन् । त्यस्तै मेक्सिको र केन्याका प्रतिस्पर्धी दोस्रो र तेस्रो स्थानमा छन् । अब श्रृंखला आधिकारिक रुपमा मिस  वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल पनि भएकी छिन् ।

मल्टिमिडिया अवार्ड नेपालको प्रतियोगीले पहिलोचोटि जितेको हो । यससगैँ आधिकारिक रुपमा श्रृंखला मिस  वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल पनि भएकी छिन् ।