चलचित्र ‘समर लभ’को पहिलो गीत सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’आधारित चलचित्र ‘समर लभ’को ‘साया’ बोलको गीत सार्वजनिक भएको हो । निर्माण टिमले प्रर्दशन मितिलाई मध्यनजर गर्दै चलचित्र प्रचार प्रसारलाई तिब्र बनाउन ‘साया’ सार्वजनिक गरेको हो ।
विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देखिएको रोमान्टिक गीतमा आशिष पिया र रेवती क्षेत्री फिचर छन् । पुष्पन प्रधानले गाएको गीतको फिमेल भर्सनमा बाँनिका प्रधानले स्वर दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनकै रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका चलचित्रमा आशिष र रेवतीको अलवा सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी सुरज सिंह ठकुरीलगायतको अभिनय रहेको छ । विनोद अधिकारी भने कार्यकारी निर्मातामा रहेका छन् । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र मुस्कान ढकालले निर्देशन गरेका हुन् । सामीप्यराज तिमल्सेनाले उक्त चर्चित उपन्यास ‘समर लभ’लाई पटकथामा ढालेका हुन् । चलचित्रको संवादमा तिमल्सेनाले सुबिनसँग साझेदारी गरेका छन् । चलचित्रको प्रर्दशन मिति प्रेमदिवस (भ्यालेन्टाइन डे) २५ माघलाई तोकिएको छ ।
video: