रेखा थापाको ‘रामप्यारी’मा समावेश तिन गित सार्वजनिक

...

rekha thapa's ram pyari songsकात्तिक १३, काठमाडौं । नायिका रेखा थापाको चलचित्र ‘रामप्यारी’मा समावेश तिन वटा गितको अडियो सार्वजनिक भएको छ । चैत २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रामप्यारी’मा समावेश गरीएका अर्को जुनि, ‘छमछम ती’ र ‘मेरो घुर्कि’ बोलका गित युट्युव मार्फत सार्वजनिक गरीएका हुन् ।

रेखा थापाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव कलाकार आभाष अधिकारीको मुख्य भूमिका रहेको रामप्यारीलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । समावेश यो ‘जुनी बोल’को गितमा राजेश पायल राई र मनिषा पोख्रेलको स्वर रहेको छ भने गितमा रेखाले संगीत भरेकी छिन् भने किरण खनालको शब्द रहेको छ । त्यस्तै ‘छमछम ती’ बोलको गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर, थानेश्वरकै संगीत र हस्ता गौतमको शब्द छ । र  ‘मेरो घुर्की’ बोलको गीतमा कोशिश क्षेत्रीको स्वर तथा संगीत, एस के शाहको शब्द छ ।

रेखा थापाले निर्माण गरेका पछिल्ला चलचित्रका गितहरु निकै चर्चामा आउने गरेका छन् । त्यसो त रेखाले बनाएका चलचित्र हिट भएका हुन्छन् । अब चलचित्र रामप्यारीमा समावेश गरीएका गित कत्तिको चर्चामा आउँछन् र चलचित्र लाई दर्शकले कत्तिको मन पराउँछन् त्यो भने आउने दिनमै थाहा होला ।