मुम्बई (एजेन्सी) ।

बलिउडका महानायक अमिताभ बच्चन र किङ्गखान कहलिएका शाहरुख खान फेरी एकसाथ पर्दामा देखिने भएका छन् । यसअघि धेरै सुपरहिट चलचित्रमा सँगै काम गरेका यी दुई फेरि चलचित्र ‘बदला’ मार्फत एकसाथ पर्दामा देखिनेभएका हुन् ।

सुजोए घोषको निर्देशित ‘बदला’मा अमिताभ बच्चन र शाहरुखसँगै अभिनेत्री तापसी पन्नु पनि मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रको छायाकंन भने शाहरुख खानको ‘जिरो’ रिलीजपछि सुरु हुनेछ । बताइएअनुसार हत्या र रहस्यमा आधारित ‘बदला’ स्पेनिश चलचित्र ‘कन्ट्राट्याम्पो’को अफिसियल हिन्दी भर्जन हो। चलचित्रमा अमिताभ बच्चन पुलिसको भूमिकामा देखिनेछन् । अमिताभको अलवा अरु कलाकारको रोल खुलाइएको छैन् ।