आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नायिका सारा सिर्पाली अहिले एउटै प्रश्नको उत्तर दिँदा थाकिसकेकी छिन्, त्यो हो, अनमोलसँग प्रेममा हो र ? यो प्रश्न उनलाई मिडियाकर्मिले मात्र होइन, अहिले उनका परिवार, साथीभाई सबैले गर्न थालेका छन् । केहि समय अघिमात्रै केहि अनलाइनमा बिनाप्रमाण नायक अनमोल केसी र नायिका सारा प्रेममा त छैनन् भन्ने जिज्ञासु समाचार बने । जब समाचार आम पाठकले सेयर गर्न थाले सारालाई तनाब बढ्न थाल्यो । उनी सुरुमा निकै अचम्ममा पनि परिन्, हुँदै नभएको कुरा कहाँबाट आयो भनेर ।

साराले अभिनय गरेको नयाँ चलचित्र ‘सुश्री सम्पत्ति’ यहि मंसिरको २८ गतेबाट प्रदर्शन हुँदैछ । त्यसैले पनि उनी प्रचारप्रसारका लागी मिडियाहरुमा अन्तर्वाता दिइरहेकी छिन् । चलचित्रको प्रमोशन गर्न हिड्दै गर्दा उनी अनमोल मेरो प्रेमी होइन भन्दै पनि हिड्नु परेको छ । उनी जुन मिडियामा पुग्छिन् त्यहाँ अनमोसँगको सम्बन्धबारे प्रष्ट पार्नु परेको छ । साराले यो बिषयमा हुँदै नभएको हल्ला फैलिएको बताउँछिन् । ‘मलाई यो बिषयमा केहि थाहा छैन, नभएको समाचार फैलाइदिनु भएछ, अहिले सम्बन्धबारे प्रष्ट पार्दै हैरान छु’ हिमालय टाइम्सँग कुरागर्दै उनले भनिन् । ‘इन्स्ट्राग्राममा फ्लो गरेको आधारमा प्रेममा छिन् कि भन्ने आँकलन गर्नुभएछ । फेसबुकमा साथी हुँदैमा, इन्स्ट्राग्राममा फ्लो गर्दैमा प्रेमी प्रेमीका हुने भए जोकोहि भैहाल्थ्यो नि’, उनले भनिन् ।

साराले अनमोल आफ्नो साथी मात्र भएको बताउँछिन् । उनले यो भन्दा अघि आफ्नो चलचित्रको समयमा अनमोलले शुभकामना दिएको पनि बताइन् तर आफूहरु साथी भन्दा माथि नभएको प्रष्ट पारिन् । साथै उनले अनमोलसँगको प्रेमको हल्ला चलेसँगै घरबाट पनि प्रश्न गरेको बताइन् । ‘हल्ला चलेपछि घरमा ममीले साच्चै हो भनेर प्रश्न गर्नुभएको थियो, अब सबैतिर हल्ला भएपछि नसोध्ने कुरै भएन’ साराले भनिन् । साथै उनले आफू यदि कोहिसँग प्रेममा भए आफ्ना फ्यानहरुसँग प्रेममा छु भनिदिए समेत बताइन् । ‘मलाई प्रेममा छु भने लुकाइराख्नु पर्छ जस्तो लाग्दैन, प्रेममा परेछु भने अवस्य भन्नेछु’ साराले भनिन् ।