गौरवको ‘सफलताको शिखर’ सार्वजनिक (भिडियो)

मंसिर, काठमाडौं ।

गायक गौरवनारायण राईले श्रोतामाझ आफ्नो पहिलो गीति संग्रह ‘सफलताको शिखर’ सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कार्यक्रमका बीच गायक राईसँगै संगीतकार भीषण मुकारुङ, विनोद खम्बु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइँली लगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

बजारमा सिडी तथा एल्बमहरू बिक्री वितरण शून्य भइरहेका बेला राईले आप्mना ८ वटा गीतको संग्रह बनाएर पहिलो एल्बम ‘सफलताको शिखर’ बजारमा ल्याएका हुन् । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ का राईले ४ वटा गीतमा आफैंले संगीत दिएका छन् भने विनोद खम्बु र कृष्णभक्त राईले संगीत भरेका छन् । ७ वटा गीतमा उनको एकल स्वर छ । एउटा ‘आधी बाटो’ बोलको गीत भने कविता बराइलीसँग मिलेर गाएका छन् ।

८ वटा गीतमध्ये ‘सफलताको शिखर’ र ‘नौ डाँडापारी’ बोलको गीतको लिरिकल भिडियो पनि बनाएका छन् । एल्बममा समावेश ‘ठाक्कठुक्क, मेरो जीवनमा आई’ को म्युजिक भिडियो तयार पारेका छन् । उनको म्युजिक भिडियो ‘सफलताको शिखर’ को लिरिकल भिडियो डस म्युजिक नेपालमार्फत आज मात्रै सार्वजनिक भएको छ ।

एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै गायक राईले आफ्नो सानैदेखिको गीतसंगीतको मोहलाई आज एल्बम सार्वजनिक गर्दै पूरा गरेको बताए । ‘मलाई गीतिसंग्रह निकाल्ने पहिले देखिनै इच्छा थियो अहिले पूरा भएको छ खुसी लागेको छ’, राईले भने । राईले एल्बममा समावेश शीर्ष गीत ‘सफलताको शिखर’ मा आफ्नो बुबाको शब्द रहेको बताए । ‘पछिल्लो समय अधिकांश गीत मायाप्रेमका गीत हाबी भइरहेका बेला गीतसंगीत नै मेरो जीवन, म यसैमा रमाइलो भन्ने खालका शब्द बुबाले लेखेर राख्नुभएको थियो त्यसैलाई पनि गाएको हुँ’, उनले भने । राईले भोलिका दिनमा पनि दर्शक तथा श्रोतामाझ गीतलाई निरन्तरता दिने बताउँछन् ।

video