<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मंसिर, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">राजुकुमार राईद्वारा लिखित बान्तवा राई समुदाय र संस्कृति पुस्तक लोकार्पण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुस्तक विमोचन गरेका हुन् । राईले बान्तवा राई समुदाय र संस्कृति पुस्तकले प्रदेश नम्बर एकलाई चिनाउन मद्दत गरेको बताए । </p><p style="text-align: justify; ">कार्यक्रममा प्राध्यापक डा. तुलसीराम पाण्डेले शिक्षा र राष्ट्रियताको विषयमा चर्चा गरेका थिए भने किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले राष्ट्रियता र पहिचान, प्राध्यापक डा. सन्ध्या बस्नेतले समाजशास्त्रीय अवस्था, लैंगिक सवाल, चन्द्रकुमार हत्वालीले संस्कृतिका बारेमा र राजुकुमार राईले पुस्तकको उद्देश्य र संस्कृतिका बारेमा आप्mनो धारणा राखेका थिए । कार्यक्रममा कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।</p>