कलाकारलाई र्याम्पमा हिडाउँदै ‘मारुनी’ घोषणा

मंसिर, काठमाडौं ।

कलाकारलाई र्याम्पमा हिडाउँदै फिल्म ‘मारुनी’को घोषणा गरिएको छ । फिल्मका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङले मंगलबार र्याम्पमा हिँड्दै फिल्मको औपचारिक घोषणा गरेका थिए । फिल्मका बाँकी कलाकार तथा प्राविधकले पनि ¥याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय दिएका थिए ।

अन्तर्राष्ट्रिय फेसन डिजाइनरको पहिचान बनाएकी पुनम गौतमले निर्माण गर्न लागेको फिल्मलाई नवल नेपालले निर्देशन गर्नेछन् । निर्माता गौतमले लेखकसमेत रहेका नेपालले सुनाएको कथाले मन छोएपछि ५ वर्षपछि निर्माणमा फर्किएको बताइन् ।

‘लगभग तीन वर्षदेखि राम्रो कथाको खोजीमा थिएँ । नवल सरले यो कथा लिएर आएपछि आफूले खोजिरहेको कथा यही हो जस्तो लाग्यो,’गौतमले भनिन्, ‘ त्यसयता काम गर्दै जाँदा अन्ततः हामी यो अवस्थामा आइपुगेका छौं  । एक महिनापछि हामी फ्लोरमा जाँदैछौं ।’

निर्माण टिमले मंगलबार नै दिएको जानकारी अनुसार फिल्म माघ दोस्रो साताबाट फ्लोरमा जानेछ । घोषणा कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने बताए । कवितात्मक शैलीमा बोलेका निर्देशक नेपालले फिल्म राम्रो बन्नलाई कथा नै राम्रो हुनुपर्ने र मारुनीको कथा सशक्त रहेको दाबी गरे । ‘जबसम्म कथाले मुटु छुदैन, मुटु दुख्दैन या मुटु हाँस्दैन भने तपाई ब्रह्माण्डबाट जे सुकै ल्याउनुस् त्यो फिल्म सफल हुँदैन’, फिल्म राम्रो हुन कथा महत्वपूर्ण हुने उल्लेख गर्दै निर्देशक नेपालले भने, ‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’

अभिनेत्री साम्राज्ञीले पनि फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएकी थिइन् । उनको भनाइ थियो, ‘यो फिल्मको कथा साँच्चिकै युनिक छ । फिल्मको कथा नै थियो जसले मलाई यो फिल्म गर्न बाध्य बनायो । यो फिल्मलाई लिएर एकदमै उत्साहित छु ।’फिल्ममा सबैभन्दा पहिले अनुबन्ध भएका पुष्पले यही फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेका छन् । रेबिकाको भने यो डेब्यु फिल्म हो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्माता पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाएका छन् । हरि सिलवाल फिल्मको लाइन प्रोड्युसरको रुपमा रहेका छन् । फिल्ममा  सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको रुपमा रहेका छन् । सञ्जय लामाको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ ।