मंसिर, काठमाडौं ।

चीनको सान्यामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर टप १२ मा पर्न सफल मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनी काठमाडौको त्रिभुवन विमानस्थलमा झर्ने बित्तिकै उनका आफन्तहरु तथा सञ्चारकर्मीहरुले उनलाई फूलमाला लगाएर स्वागत गरे । आफूलाई स्वागत गर्न आएकोमा श्रृंखलाले त्यहाँ उपस्थित सबै जनालाई धन्यवाद दिईन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले मिस वर्ल्ड प्रतियोगितामा मिस वर्ल्डको ताज जित्न सफल नभए पनि सारा नेपालीको माया पाएर आफूले ताजनै जितेको जस्तो अनुभूति भएको बताइन् । उनलेले थपिन्, ‘म यहाँ सम्म आईपुग्छू भन्नेमा म कन्फिडेन्स थिए । मैले त टप ५ मा पुग्ने आशा राखेकी थिए । तर म सफल भइन् । मैले मिस नेपाल सँगसँगै मिस वर्ल्डको लागि पनि धेरै मेहेनत गरेको थिए । तर म केही हदसम्म सफल भएको छु जो मलाई नेपाललाई चिनाउनु थियो त्यसमा म सफल भएँ जस्तो लाग्छ ।’

आफूले ब्यूटी विथ द प्रपोज अवार्ड जित्दा मिस वर्ल्ड नै जितेको जस्तो अनुभूति भएको श्रृंखलाले बताइन् । सुरुदेखिनै उक्त अवार्ड प्रति झुकाव भएको भन्दै उनले यो अवार्ड जित्दायस्तै सम्पूर्ण नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेको भन्दै उनले आभार व्यक्त गरिन् ।

उनले मिस वर्ल्डको ताज पहिरिन सफल नभएकोमा उनी भन्छिन्, ‘हो, मैले दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा टप ५ मा पुग्नुपर्ने थियो । के कारणले हो पुग्न सकिनँ ।’ उनले निर्णायकहरुको मतमाथि प्रश्न नउठाउने बताइन् ।यसपाली मिस वर्ल्डको फर्म्याट परिवर्तनको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । यसपाली पाँच महादेशबाट प्रतिनिधित्व हुने गरी टप ५ को घोषणा गरिएको थियो ।

‘एसियाबाट प्रतिस्पर्धा कडा थियो, त्यसैले मलाई असर पर्यो,’ उनले भनिन् । आफू टप १२ बाट आउट भएपछि अन्य प्रतियोगीहरुसमेत स्तब्ध बनेको श्रृंखलाले बताइन् । ‘मलाई धेरै जना प्रतिस्पर्धीले आएर भन्नुभयो कि तिमी नै मिस वर्ल्डको हकदार थियौ, दुई(तीन जना रुनु पनि भयो । जे होस् मैले आफ्नो तर्फबाट सत्प्रतिशत प्रयास गरेकी हुँ । तर, रिजल्ट मेरो हातमा थिएन ।’

श्रृंखलाले भावुक बन्दै भनिन् । ‘मैले आशै गरेको थिईन् मैले सम्पूर्ण नेपालीहरुको यति धेरै माया र साथ पाएँ कि त्यसको अनुभूति शब्दमा वर्णन गर्न म सक्दिनँ । साथीहरु अचम्भित हून्थे मेरो पक्षमा आएको भोटको लहर देखेर ।’ उनले नेपालीहरुले अपेक्षा गरे बमोजिम नतिजा ल्याउन नसकेकोमा आफू दुखित बनेको बताएकी छिन्।

video: