मंसिर, काठमाडौं ।

बाल कलाकार सेड्रीना शर्माको अभिनय रहेको ‘मेरी आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘नाइँ नभन्नु ल ५ ‘बाट डेब्यु गरेकी सेड्रीना अभिनित उक्त म्युजिक भिडियो शनिबार युटुब मार्फत सार्वजनिक गरिएको हो। बिकास सुबेदीको निर्देशन रहेको उक्त गीतको भिडियोमा सेड्रीना शर्मा र शान्ति गिरिको अभिनय रहेको छ ।

प्रलाद शाहको शब्द रहेको गीतमा नबिन कार्कीले संगित भरेका छन् । पुरुसोत्तम सुबेदीको एरेन्ज रहेको गीत चर्चित गायिका मेलिना राईले गाएकी छिन् ।

निर्मला हत्या प्रकरणलाई आधार मानेर बनाइएको उक्त म्युजिक भिडियोमा सेड्रीनाले एक बलात्कृत छोरीको भूमिका निभाएकी छिन् जो समाज, परिवार सम्पूर्णबाट अपहेलित भएकी छिन्।

video: