पुस, काठमाडौं ।

निर्देशक दीपाश्री निरौलाले एक चलचित्रको आइटम गीतमा नृत्य गरेकी छिन् । नेपाली चलचित्रक्षेत्रमा सफल निर्देशकको पहिचान बनाएकी दीपाश्रीले आफ्नो ब्यानर बाहेकको चलचित्रमा आइटम नृत्य गरेकी हुन् । उनले चलचित्र ‘हजार जुनी सम्म’को ‘आज नगद भोली उधारो’ बोलको गीतमा आइटम नृत्य गरेकी हुन् । दीपा उक्त गीतमा ‘भट्टीको साहुनी’को रुपमा देखिनेछिन् ।

यसै गीतमा चलचित्रका नायक आर्यन सिग्देल र नायिका स्वस्तिमा खड्काले पनि नृत्य गरेका छन् । चलचित्र विकासराज आचार्यले निर्देशन गरिरहेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरिरहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । शनिबारबाट छायांकन सुरु भएको यो चलचित्रमा नायक आर्यन सिग्देल, नायिका स्वस्तिमा खड्का, नव–नायक अभिषेक प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सिना र विकासको कथा, पटकथा तथा संवाद चलचित्रमा देख्न पाइनेछ । चलचित्र आउँदो बर्षको भदौ १३ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

video: