कात्तिक १५, काठमाडौं । चलचित्र ‘लब-सब’ अब अष्ट्रेलियामा पनी प्रदर्शन हुने भएको छ । भदौ २५ गतेबाट देशभर प्रदर्शनमा आएर राम्रो व्यापार गरेको यस चलचित्रले डिसेम्बर ७ बाट अष्ट्रेलियामामा प्रदर्शन शुरु गर्ने छ ।
‘लब-सब’ को प्रदर्शन सिड्नीबाट सुरु हुनेछ र मेलबर्न, एडिलेड, क्यानबेरामा पनी चलचित्र प्रदर्शन हुनेछ । यस्तै, न्यूजिल्याण्ड, कतार, डेनमार्क, फिनल्याण्ड, जापान लगायतका देशमा पनि चलचित्र देखाइनेछ ।
चलचित्रमा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भने यस चलचित्रका निर्माता सुशिल पोख्रेल हुन् । चलचित्र ‘लब-सब’ले नेपालमा भएको प्रदर्शनबाट आफ्नो लगानी उठाईसकेको र अब अन्य देशमा हुने प्रदर्शनबाट आउने रकम मुनाफा हुने निर्माता बताउँछन् ।