पुस, काठमाडौं ।

चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सोमवार एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको पोस्टर सार्वजनिक गर्दै सँगै प्रदर्शन मिति पनि घोषणा गरेको छ । चैत ८ गते प्रर्दशनमा आउने चलचित्रमा अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्के लिड रोलमा रहेका छन् । सार्वजनिक पोस्टरमा नाजिर, शिल्पा सँगै सरिता गिरी, लोकेन्द्र लेखक र भोलाराज सापकोटा अटाएका छन् । चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको छ ।

यसअघि चलचित्र ‘झुम्की’ निर्देशन गरेका अपिल बिष्टले ‘कागजपत्र’ निर्देशन गरेका हुन् । चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माताको रुपमा रहेका छन् भने सह(निर्माताको रुपमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ रहेका छन् । बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।