आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा निगमको प्रवक्तामा नियुक्त भएका छन् । निगमले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएसँगै बुधबारबाट पाइलटसँगै प्रवक्ताको जिम्मेवारी लिएका छन्।

पछिल्लो समय उनी निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् । झण्डै तीन दशकदेखि उनी निगममा पाइलटको रुपमा कार्यरत छन् । नेपाली र हलिउड चलचित्रमा समेत अभिनय गरिसकेका क्याप्टेन लामाले निगममा भएका समस्याहरुलाई समाधान गर्दै राष्ट्र र राष्ट्रियताको पहिचानलाई विश्वसामु अझ बढी परिचित गराउन भूमिका खेल्ने बताएका छन् ।

उनले लगभग एक दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी अभिनीत पछिल्लो प्रदर्शन चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ हो । ‘बोबी’, ‘षडङग’, ‘राँको’, ‘अझै पनि’ लगायतका चलचित्रमा उनको अभिनय छ । उनले नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ मा पनि अभिनय गरेका थिए ।