वर्षामा घुमेको ‘चौका दाउ’

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

यहि महिनाको २७ गतेबाट चलचित्र ‘चौका दाउ’ प्रदर्शनमा आउँदैछ । यसै चलचित्रकी मुख्य नायिका हुन् वर्षा राउत । चलचित्र सामाजिक हाँस्यकथामा आधारीत छ । चलचित्रको शीर्षक जस्तै चार जनाले बर्षालाई आफ्नो बनाउने दाउमा हुन्छन् । चलचित्र नायिका वर्षाकै सेराफेरोमा घुमेको छ ।

पुर्णेन्द्र झाले निर्देशन गरेको यो चलचित्रमा बर्षाको वरिपरी घुम्ने चारजनामा कलाकार सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई र रबिन्द्र झा रहेका छन् । दुईसाता अघि सार्वजनिक गरिएको हाँस्य सम्वाद सहितको चलचित्रको ट्रेलरले पनि चलचित्रको कथाबारे केहि बोलेको पाइन्छ ।

यसैबिच नायिका वर्षाले चौका दाउमा काम गरेर निकै फरक अनुभव बटुलेको बताउँछिन् । यसअघि चलचित्रमा आफू उमेरका कलाकारसँग रोमान्स गरेकी वर्षाले अहिले आफूभन्दा दोब्बर उमेरका बरिष्ठ कलाकारहरुसँग रोमान्स गर्नुपर्दा निकै फरक अनुभव र केहिसमय अप्ठ्यारो महसुस गरेको पनि बताइन् । ‘मैले स्कुल पढ्दा देखी नै टेलिभिजनमा उहाँहरुकै अभिनय हेर्दै आएकी थिएँ, आज तिनै कलाकारसँग एउटै चलचित्रमा काम गर्नु र त्यसमाथि पनि रोमान्स गर्नुपर्दा केहि समय निकै अप्ठ्यारो महसुस पनि भयो ।’ वर्षाले चलचित्रको छायांकन समय सम्झिँदै भनिन् । उनले यसअघिका चलचित्र र चौका दाउमा मुख्यतयाः आफूले नबिर्सने बिषयपनि यसैकुरालाई लिने बताइन् । साथै वर्षाले सन्तोष पन्त, तैयब शाह लगायतका बरिष्ठ कलाकारसँग स्किृन सेयर गर्दा धेरै कुरा सिक्ने मौका पाएको पनि बताइन् । ‘मैले सँगै कामगर्दा अप्ठ्यारो मान्दै गर्दा अग्रजकलाकारहरुले धेरे कुरा सिकाउनु पनि भयो, त्यो मेरोलागी धेरै ठुलो कुरा हो ।’ वर्षाले भनिन् ।

चलचित्रमा वर्षाको पछि लाग्ने दुई युवा विल्सन र रबिन्द्रसँग भने यसअघि पनि काम गरिरहेका भएकाले अप्ठ्यारो महसुस नभएको बताइन् । चलचित्रको ट्रेलर हेर्दा नै बर्षाले चारैजनालाई खुसी बनाउन खोजेको देखिन्छ । यसैबिषयमा किन तपाईपनि सबैको पछि लाग्नुभएको छ ? भन्ने प्रश्नमा वर्षा भन्छिन्, ‘चलचित्र भित्र पनि कतिपय अभिनय छन्, मैले नाटक भित्र पनि नाटक गरेको पनि पाउनुहुन्छ, त्यो चलचित्र पुरा हेरिसकेपछि बुझ्न पाइनेछ ।’

वर्षाले पछिल्लो समय बढी हाँस्यप्रदान चलचित्रमा काम गरिरहेकी छिन् । उनले काम गरेको सबैजसो चलचित्र बक्स अफिसमा हिट पनि छन् । यसैबिच बर्षाले आफूलाई हाँस्य चलचित्रमा मात्र नभई कुनै फरक कथाका चलचित्रमा पनि काम गर्न इच्छा जागेको बताउँछन् । ‘मैले कुनै शैलीको चलचित्र गरेकी छु, त्यसै अनुरुप अफर आइरहेका हुन्छन्, त्यसैले पनि एकपछि अर्के गर्दै कमेडी चलचित्रका लागी अफर आएका हुन् । मलाई अन्य फरक कथामा पनि काम गर्न मन छ’ उनले भनिन् । यस्तै उनले आफू वास्तविक जीवनमा पनि कमेडी भएकाले पनि आफूलाई कमेडी चलचित्रमा काम गर्न अझ सहज भएको बताउँछिन् । चलचित्रको कथा ‘सेन्टर क्यारेक्टर’ रहेकी नायिका वर्षाकै वरिपरी घुमेकोले उनलाई निर्माण टिमले चलचित्रको हिरो मानेको छ । सौर्यजीत बास्कोटा र मनोजराज भण्डारीको लगानी छ भने सम्भुजीत बास्कोटा, सुमन गुरुङ र कोमल राज भण्डारीले चलचित्रका गीतमा स्वर दिएका छन् । यस्तै चलचित्रको कथा तथा संगीत पनि सम्भुजीत बास्कोटाकै रहेको छ । (समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)