‘चौका दाउ’ले पुरा गर्यो रबिन्द्रको सपना

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

रबिन्द्र झा सानैदेखि नाटकमा सक्रिय थिए । जनकपुरका रबिन्दको स्कुले जीवनकालमा उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पथ्र्यो । उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई जीवनमा एक पटक भए पनि सन्तोष पन्तसँग काम गर्ने धोको त्यतिबेला नै थियो ।

त्यो धोको यतीबेला चलचित्र चौका दाउ मार्फत पुरा भएको रबिन्द्रले बताएका छन् । सञ्चारकर्मीसँग गफिँदै रबिन्द्रले भने,‘सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । चलचित्र चौका दाउमा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’

चौका दाउमा पहिलो दिन सन्तोष पन्तसँग काम गर्दाको अनुभवबारे रबिन्द्रले भने,‘उहाँ साह्रै बरिष्ट कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो प¥यो र म निक्कै नर्भस भएँ । तर सन्तोष दाई यती चाँडै नजिक हुनुभयो की भोली पल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’

यो फिल्ममा सन्तोष पन्त सहित आफु, तैयब शाह, विल्सन बिक्रम राई र अजश्र ढुँगाना गरी पाँचै जना कलाकारले उर्वषी अर्थात वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रबिन्द्रले बताए,‘वर्षाको पाँच पाण्डबको रुपमा हामी छौं । जसमध्य म युधिस्टिर जस्तो सोझो छु भने सन्तोष दाई अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ, तैयब दाई पनि उर्वषी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीको रुपमा हुनुहुन्छ ।’ रबिन्द्रले हाँस्दै भने,‘सन्तोष पन्त र तैयव शाहजस्ता बरिष्ट कलाकारहरुले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदा रहेछौं ।’

पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र चौका दाउमा रबिन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रबिन्द्रकै भनाईमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन्,‘जग्गाको मानमा पृथ्वीमात्र हैन, चन्द्रमा समेत प्लटिङ गरेर बेच्न पछि नपर्ने भनेपछि म कति खतरनाक जग्गा ब्यापार हुँला त । जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नु हुनेछ ।’