कात्तिक १७, काठमाडौं । युएईमा विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गरेर उद्दारका लागि राहतकोष स्थापना गर्नका लागि सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको आउदै गरेको महानपर्व तिहारको अवसर पारेर युएईको अलएनमा ‘वीर गोर्खाली राष्ट्रिय एकता साँझ’ हुने भएको हो कार्यक्रम यहि आउँदो कात्तिक २० गते (शुक्रबार) हुँदै छ । कार्यक्रम नोबेम्बर ६ तारिख (कात्तिक २०) दिउँसो १ बजे देखी शुरु हुने कार्यक्रम संयोजक बिनोद श्रेष्ठले जानकारी दिए । ।
—
अलऐनमा रहेका विभिन्न नेपाली समाजिक संघसंस्था तथा नेपाली व्यवसायीहरूको सामुहिक प्रयासमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपालका चर्चित कलाकारहरु को टोली जाने भएको छ । कार्यक्रमका लागि गायक प्रकाश कटुवाल, गायिका शान्ती श्री परियार र हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) जाने भएका हुन् । कलाकारको टोली कात्तिक १८ गते काठमाडौंबाट उड्ने गायक प्रकाश कटुवालले आर्टिस्ट खबरलाई जानकारी दिए ।
—
कार्यक्रममा युएईका स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । कार्यक्रममा आफ्नो प्रस्तुती दिनका लागी तयार रहेका गायक प्रकाश कटुवालका पछिल्लो समय ‘चोर बिरालो’, ‘ढाडे बिरालो’ चर्चामा छन् । गायक कटुवाल गएको महिना मात्र कुबेतको साँस्कृतिक कार्यक्रममा पुगेका थिए ।
—
त्यस्तै गायिका शान्ति श्री परियारका ‘एक तर्फि माया’, ‘माथिलाई फुर्लुङ’ र पछिल्लो समयको ‘सातो फुक झक्रि बा’ चर्चित गित हुन् । त्यस्तै हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) मेरी बास्सैका चर्चित कलाकार हुन् । मेरी बास्सैमा माछा मार्नेको भुमिका निभाउँदै आएका उनले कार्यक्रममा बल्छि धुर्बेकै गेटअपमा आफ्नो प्रस्तुती दिने आर्टिस्ट खबरलाई बताए ।
भिडियो