‘गल्ली ब्वाई’को पोस्टरमा रणवीर र आलिया

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify;">बलिउड चलचित्र ‘गल्ली ब्वाई’को पोस्टरमार्फत&nbsp;फर्स्टलुक सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट साधारण लुक्समा देखिएका छन् । आलिया र रणवीरले पहिलो पटक यस चलचित्रमार्फत एकसाथ स्क्रिन शेयर गर्नेछन् । तर एडमा भने यसअघिनै यी दुईले एकसाथ काम गरिसकेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">हाल चलचित्र 'सिम्बा' ले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको कारण रणवीरको निकै चर्चा भइरहेको छ । त्यसैगरी गत वर्ष २०१८ मा प्रदर्शनमा आएको चलचित्र 'राजी'ले पनि बक्सअफिसमामा सफलता हात पारेपछि आलिया उच्च चर्चामा रहेकी थिइन् । उनको अभिनयलाई सर्वाधिक रुचाइएको थियो । यस चलचित्रपछि रणवीर धर्मा प्रोडक्शनको चलचित्र ‘तख्त’ मा पनि आलियासँग काम गर्दैछन् । करीना कपूर खान, भूमि पेडनेकर, जाह्नवी कपूरलगायत पनि चलचित्रमा रहनेछन्। </p><p style="text-align: justify; ">जोया अख्तर निर्देशित चलचित्रमा रणवीर स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिनेछन् । फरहान अख्तर र रितेश सिद्धवानीले चलचित्रलाई निर्माण गरेका हुन् । भ्यालेनटाइनको मौकामा प्रर्दशन गर्न लागेका यस चलचित्रको&nbsp; छायांकन गत बर्षको जनवरीमा सुरु भएर अप्रिलमा सकिएको थियो ।&nbsp;</p>