आर्टिष्ट खबर/ पुस, नेपालगञ्ज ।

नेपालगञ्जबाट सुरु भएको म्युजिक फेस्टिभलमा राष्ट्रियस्तरका चर्चित सेलिब्रेटीले प्रस्तुती दिएका छन् । गायक राजेशपायल राई, कमल खत्रीलगायत आधा दर्जन गायकले सोमबार अबेरसम्म नमस्ते रिसोर्टमा हजारौं दर्शकले झुमाए ।

कार्यक्रममा राजेशसँगै कमल खत्रीको साथै नेपाल आइडल पहिलो सिजनका सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति दिए । हाँस्यव्यङ्ग्यका कलाकार सन्दीप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हँसाए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले सञ्चालन गरेका थिए । राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

फेस्टिभलमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनी प्रमुख निरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल लगगायतका उपस्थिति थियो । उक्त फेस्टिभल बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको हो । कार्यक्रममा हजारौं दर्शकहरुको भिँड लागेको थियो । साथै कार्यक्रममा ढाका टोपी दिवसको अवसरमा नेपाली ढाका टोपी लगाइएको थियो । कलाकारदेखि दर्शकहरुले उक्त टोपी लगाए । नेपालगञ्जमा शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा उक्त कार्यक्रम भएको हो । बलामी फिल्म इन्टरटेन्टमेन्टले यससँगै देशभर ६ वटा कार्यक्रम गर्ने आयोजक प्रमुख समिर बलामीले बताए ।