आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नायिका सुरक्षा पन्त अर्पण थापाले निर्देशन गर्न लागेको चलचित्र 'घर'मा अनुबन्धित भएकी छिन् । केहिदिघ अघि घोषणा गरिएको यो चलचित्रको मुख्य भूमिकाका लागी सुरक्षा छानिएकी हुन् ।

बिहीवार अभिनेत्रीसँग निर्माता र निर्देशकको कागजी सम्झौता भयो । चलचित्रका लागि अझै एक नायिकाको खोजी भइरहेको छ । चलचित्रमा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । चलचित्र हरर जानरामा निर्माण हुन लागेको हो।

‘घर’ डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्र शर्मिला पाण्डेले निर्माण गर्दै्छिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । चलचित्रको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । चलचित्रले दर्शकलाई पूर्ण रुपमा तर्साउने निर्देशक थापाको भनाई छ । चलचित्रको कथा उनकै हो ।