निर्देशक चाम्सको ‘श्राप’ कस–कसलाई ?

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

बिहीबार एक कार्यक्रमका बिच मिलन चाम्स निर्देशित चलचित्र ‘विर बिक्रम २’का लागी रिमेक गीत सार्वजनिक गरियो । गीतको भिडियोमा नृत्य गरेका नायक पल र नायिका वर्षाले पनि चर्चित गीतको रिमेकमा नृत्य गर्न पाउँदा खुसी लागेको बताए । नायक पलले चलचित्र टिमसँग काम गर्न पाउनुनै आफ्नो लागी ठुलो कुरा भएको बताए । ‘मिलन चाम्स दाईको टिमसँग काम गर्न पाउनुमेरो लागी ठुलो कुरा हो, त्यसमाथि चर्चित गीतमा नृत्य गर्ने मौका पाएँ, टिमलाई धन्यवाद दिन चाहान्छु’ पलले भने ।

कार्यक्रममा निर्देशक मिलनले चलचित्रको बिषयमा बजारमा चलेका हल्लालाई पनि प्रष्ट पारे । उनले पलभन्दा अघि छानिएका नायक आकाश श्रेष्ठले चलचित्र छाड्नुको कारण पनि खुलाए । ‘आकाशले हजुर आमा बिरामी भएकै कारणले छाडेको बताएका हुन्, उनको आमाले पनि मलाई फोन गर्नुभएको थियो’ मिलनले भने । यसोभन्दै गर्दा मिलनले अन्तिममा चलचित्रक्षेत्रमा धेरै राजनिति हुँदोरहेछ त्यो बुझ्दै आएको छु पनि भने । उनको त्यो भनाईबाट आकाशले चलचित्र छाड्नुमा पारिवारीक कारणमात्र नभएको भन्न खोजेको बुझिन्छ । नायक पललाई सञ्चारकर्मिहरुले नायक आकाशलाई के भन्न चाहानुहुन्छ भन्ने प्रश्न गर्दा सजिलो उत्तर दिए । ‘अरु केहि हैन, आकाशलाई धन्यवाद’ पलले उत्तर दिए । कार्यक्रममा चलचित्रका छायांकार सुदिप बराल, लेखक प्रदीप भारद्धाज लगायतले आफ्ना कुरा राखेका थिए ।

पत्रकारले गरेको प्रश्नमा छिटै आक्रोशित हुने चाम्सले पत्रकार सम्मेलनमा घुमाउरो तरिकाले आफ्नो बारेमा नकारात्मक कुरा गर्नेलाई श्राप दिने र आफूले दिएको श्राप लाग्ने बताएका छन् । उनले बजारमा चलेका हल्ला आफ्नो विरुद्धमा भएको बताएका छन् । आखिर यस्तो श्राफ दिने चेतावनी कसलाई ? नेपालमा आयोजना हुने धेरैजसो अवार्डमा ‘उत्कृष्ट निर्देशक’को विधामा अवार्ड जित्ने एउटा जिम्मेवार निर्देशकबाट यस्तो आक्रोशनाको अपेक्षा दर्शक र मिडियाले राखेको थिएन। मनको कुरा निर्धक्कका साथ बोल्न्ने चाम्स सार्वजनिक कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका कारण उनको अभिव्यक्तिको अहिले कडा आलोचना भइरहेको छ ।