‘आकाशलाई धन्यवाद दिन चाहान्छु’ : पल शाह

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नायक पल शाह पछिल्लो समयका युवास्टार हुन् । केहि चलचित्रमा अभिनय गरेसँगै उनको चर्चा चुलिन थाल्यो ।  ‘नाई नभन्नु ल ४’ चलचित्रबाट डेब्यु गरेका पलले सयौं म्युजीक भिडियोमा मोडलिङ भने गरिकेका थिए । त्यसैले पनि उनलाई चलचित्रमा धेरै दर्शकले मन पराए । यसका साथै अहिले पललाई चलचित्रमा काम गराउनका लागी  निर्माता तथा निर्देशकहरु धाइरहेका हुन्छन् ।

पलले पछिल्लो समय काम गरेको चलचित्र ‘विर बिक्रम २’ हो । जुन प्रदर्शन हुनेक्रममा छ । यो चलचित्रको केहिदिन अघिमात्रै एक गीत सार्वजनिक भयो जसमा उनीसँगै नायिका वर्षा सिवाकोटीको नृत्य छ । यो चलचित्रका लागी पल भन्दा अघि नायक आकाश श्रेष्ठ फाइनल भएका थिए । तर सुटिङमा जानुभन्दा केहिदिन अघिमात्रै आकाशले पारिवारीक कारण देखाउँदै चलचित्रबाट हात झिके ।

अन्तिममा आएर आकाशले चलचित्रमा काम गर्दिन भन्दा निर्माता तथा निर्देशक मिलन चाम्स केहिदिन तनावमा रहे र नायक पललाई नायकमा रोजे । पल पनि राम्रो चलचित्र तथा ब्यानरको खोजीमा थिए र अन्ततः ‘विर बिक्रम २’मा काम गर्न इच्छुक भए । गीत सार्वजनिक कार्यक्रममा पलले चलचित्रमा काम गर्नुको कारण ठुलो ब्यानर र राम्रो स्क्रिप्टलाई देखाए ।

कलाकारले चलचित्र गर्छु भनेर अन्तिममा आएर छाड्दा अरु समकालिन कलाकारले हत्पत त्यो चलचित्रमा काम गरिहाल्छु भन्न डराउँछन् तर पलले अन्तिम समयमा पनि अफर अस्विकार गरेनन् । चलचित्रको बजारमा पल र आकाश एक प्रतिस्पर्धि जस्तै हुन् । चलचित्रका निर्माता तथा निर्देशकहरु पल नभए आकाश र आकाश नभए पललाई रोज्ने भन्ने मनशाय राखेका हुन्छन् । यसैबिच पलले आकाशले छाडेको चलचित्रमा काम गर्दा केहि फ्यान तथा चलचित्रकर्मिहरु नै अचम्मीत थिए । यसैबिच पलले आकाशलाई धन्यवाद शब्द ब्यक्त गरेका छन्  । उनलाई सञ्चारकर्मिहरुले आकाशलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा धेरै शब्द खर्चिन चाहेनन्  । ‘आकाशलाई धन्यवाद दिन चाहान्छु’ पलले यतिमात्र भन्न चाहे ।

यस्तै चलचित्रका निर्देशक चाम्सले पनि नायकमा पललाई लिएर निकै राम्रो काम गरेको बताए । उनले भगवानलाई धन्यवाद दिन चाहेको बताउँछन् । ‘जे हुन्छ राम्रोका लागी हुन्छ, पल चलचित्रमा हुनैपर्ने कलाकार हुन्, अन्तिममा भएपनि चलचित्रमा जोडिए, भगवानलाई धन्यवाद दिन्छु’ चाम्सले भने । यस्तै आकाशले आफूलाई पारिवारीक कारणले नै चलचित्र छाड्नुपरेको समस्या देखाएको चाम्स बताउँछन् । चलचित्रमा पल र वर्षाको रोमान्स देख्न सकिन्छ । चलचित्रको कथा प्रदीप भारध्वाजले लेखेका हुन् ।