आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। माघ २५ देखि प्रदर्शनमा आउँने उक्त चलचित्रको ट्रेलर सोमबार काठमाडौमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो । ‘

मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय छ । प्रेम बिछोडको भाब प्रस्तुत गरिएको चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत र कविराज गहतराज कोरियोग्राफी रहेको छ ।

सुविन भट्टराईको कथा लेखन रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेको चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ । स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका छन् ।

(भिडियो)