गोपी टिमसँग मन्त्री बिष्टको भेट

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘गोपी’ टिमले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार चलचित्रको निर्माण टिम तथा मुख्य कलकारले भेटेका हुन् । ट्रेलर सार्वजनिक भएसँगै मन्त्री बिष्टले आफूलाई चलचित्रले थप उत्सुकता जगाएकोले टिमसँग भेट्ने इच्छा राखेको बताएका थिए । मन्त्री विष्टलाई भेट्नका लागी मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्त सँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना पुगेका थिए ।

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दाएकदमै खुशीलाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रतिश्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’

मन्त्री विष्टले आफूले यदाकदा नेपालीफिल्म हेर्न गरेको भएपनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । भेटघाटका क्रममा उनले चलचित्रको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए ।

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले चलचत्रि प्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए ।

‘विदेशनताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई चलचित्रको माध्यमबाटै भएपनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केहीगर्न खोज्ने युवाको कथाभन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भएपनि सफल भएको महसुस भएको छ ।’