फागुनमा पुग्यो प्रेमलीला

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘प्रेमलीला’ तोकिएको प्रदर्शन मिति भन्दा पछि सरेको छ । यसअघि माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरिएको थियो भने अब  फागुन १० गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

चलचित्रको भिएफएक्सको काम सकिनअझै केही समय लाग्ने भएपछी निर्माण टिमले प्रदर्शन मिति पछी सारेको चलचित्रकी नायिका दिपशिखा खड्काले जानकारी दिइन् । वितरककम्पनी र निर्माण टिम बिच फागुन १०मा चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताइन्।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको पोष्टर र  दुई गीत सार्वजनिक भइसकेका छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजाहसनको स्वर रहेको छ ।

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंलश्री वास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको चलचित्र नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।