आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित चलचित्र ‘समर लभ' हेर्ने दर्शकलाई निर्माण युनिटले ‘लक्की ड्र’ मार्फत छनोट गरेर थाइल्याण्ड घुम्ने अवसर दिने भएको छ । यहि मौकामा दर्शकले थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । बताइए अनुसार दर्शकको टिकट नम्बरमा ‘लक्की ड्र’ गरेर थाइल्याण्ड घुम्नको लागि छनोट गरिने छ । उक्त चलचित्रको गीत र ट्रेलर फेसबुकमा शेयर गरेका र चलचित्र हेरेका दर्शकले मात्र यो अवसर पाउनेछन् । चलचित्रकी निर्मात्री इन्दु भण्डारीले भनिन्–‘यदि कुनै दर्शकले चलचित्रको गीत र ट्रेलर शेयर गर्नुभएको छैन् भने उक्त दर्शकले यो अवसर पाउने छैनन् । छनोट भएका एक दर्शकले अर्का एक जना साथी पनि लान पाउनेछन् ।’ अहिले चलचित्र युनिट प्रचार प्रसारको लागि मोफसलमा छ । सोमबार चितवन महोत्सबमा उपस्थिती जनाएको चलचित्रको युनिट मंगलबार नेपालगञ्ज पुगेको छ । बिहिबार दाङ पुगेर चलचित्रको प्रचार गर्ने यस युनिट दाङपश्चात् बुटवल, हेटौडा, धरान, इटहरी, दमक, विर्तामोड हुँदै पोखरा पुग्नेछ ।

सुविन भट्टराईको कथा लेखन रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमल्सेनाको पटकथा रहेको छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेको चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ । स्वपन सरकार र मनोज बिक सहनिर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका छन् ।

मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा रेवती क्षेत्री, आशिष पिया, सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय छ । प्रेम बिछोडको भाब प्रस्तुत गरिएको चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत र कविराज गहतराज कोरियोग्राफी रहेको छ ।चलचित्रको प्रर्दशन मिति माघ २५ गतेलाई तोकिएको छ ।