<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</span></pre><p>एक्सन तथा लभस्टोरी चलचित्र ‘रणवीर’मा समावेश मान्न चाहन्नँ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत हर्कुलस बस्नेत र प्रविशा अधिकारीले गाएका हुन् । गीतमा गायक हर्कुलसकै शब्द तथा संगीत रहेको छ । यस चलचित्रमा समावेश अर्को गीत ‘तिरिमिरी तिरिमिरी तीन तारा’ अहिले उच्च् चर्चामा रहेको छ । चलचित्रको ट्रेलरले अझै दर्शकमा चलचित्रप्रति कौतुहलता जगाएको छ । शुशील र सुपुष्पाका साथै चलचित्रमा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । यस चलचित्रका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारी हुन् । पटकथा, संवाद पनि निर्देशक गोविन्द सिंह भण्डारीकै रहेको छ । <img src="http://artistkhabar.com/uploads/posts/7d8e53846dcc51cb75692c90a361dfc71547971630.jpg" style="width: 1141px;">महँगो बजेटमा तयार भएको चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।</p><pre><b>song:</b>
</pre><p><iframe frameborder="0" src="//www.youtube.com/embed/k4b2W8qhzrU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>