आर्टिष्ट खबर/ माघ, काठमाडौं

हेमराज बिसीको कथा,पटकथा निर्देशक रहेको चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ। रोमान्स, प्रेम, र बिछोडको पिडा समावेश ट्रेलर सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो ।ट्रेलरमा आशिरमान देशराज जोशी र शिल्पा मास्के र रेमनदास श्रेष्ठ फिर्चड छन् ।

नेपाल र अष्ट्रेलियामा चलचित्रको छायाँकन गरिएको छ । लभ स्टोरी जनरामा निर्माण गरिएको उक्त चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् । फागुन १७ गते देखि सार्वजनिक प्रर्दशनमा आउने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।

trailer: