मुम्बई , एजेन्सी ।

सन् २००८ मा प्रर्दशनमा आएको बलिउड चलचित्र 'बच्ना ए हसिनो'मा बलिउडका चकलेटि अभिनेता रणवीर कपूर र बलिउडकी अभिनेत्री दिपिका पादुकोणले एकसाथ स्क्रिन सेयर गरे । त्यसै दौरानामा यी दुईबीच अफियर सुरु भएको थियो। रणवीर र दिपिका झन्डै एक बर्ष प्रेम सम्बन्धमा रहे । एक प्रेस मिटमा दिपिकाले आफै रणवीरलाई कट्रिना कैफसँग परिचय गराइन् र आफ्नो प्रेमी भन्दै चिनाईन् । तर सन् २००९मा प्रर्दशनमा आएको चलचित्र 'अजब प्रेम कि गजब कहानी'को शूुटिंगमै रणवीर कट्रिना सँग लिप्त भए । त्यही बेलादेखिनै दिपिका सँगको सम्बन्ध टुटाउदै रणवीर कट्रिनासँग प्रेममा मग्न हुन पुगे । यता दिपिका भने भारतीय रिपोर्टसले बताए अनुसार डिप्रेसनले ग्रसित हुन पुगिन् । अन्तत सबैमा जानकारी छ उनी २०१८ को नोभेम्बरमा उनी अभिनेता रणवीर सिंह सँग बिवाह बन्धनमा बाँधिसकेकी छिन् ।

२०१० मा कफी विथ करणको सीजन–३ मा दीपिका पादुकोण र सोनम कपुर पहुनाका रुपमा गएका थिए। शो सुरु हुनु केही दिन पहिला दीपिका र रणवीरको ब्रेकअप भएको थियो। कफी विथ करणको सीजन–३को प्यापिड फायर राउन्डका क्रममा करन जोहरले दीपिकालाई रणवीरलाई के उपहार दिन चाहनुहुन्छ भनेर सोधका थिए।

जवाफमा दीपिकाले आफू रणवीरलाई कण्डोमको प्याकेट दिन चाहने र रणवीरले यसको प्रगोय धेरै गर्ने गरेको बताएकी थिइन्। दीपिकाले रणवीरले कुनै कण्डोम कम्पनीको विज्ञापनमा काम गर्दा राम्रो हुने समेत बताएकी थिइन्। दीपिकाले रणवीरलाई कण्डोमको प्याकेट दिन चाहानुको पछाडी रणवीरले धेरै लेडिजसँग अफियर चलाएको कारणलाई अनुमान गर्न सकिन्छ । हाल रणवीर अलियासँग रिलेसनमा रहेको कारण उच्च चर्चामा रहेका छन् ।