स्वरसम्राट् नारायणगोपालको फेला परेको धुनमा रामकृष्ण ढकालले स्वर दिने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुषको स्वर छ ।  धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजवी पौड्यालले लेखेका छन् ।

केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् । नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् ।