सम्पदा अमगाई र स्मिृती पोख्रेलले चुमे ‘मिस एण्ड मिसेज व्यूटिफूल २०१९’ को ताज

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित 'मिस एण्ड मिसेज व्यूटिफूल २०१९' को ताज सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै  ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन ।  प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे  सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ  थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन ।

त्यसै गरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पार्न सफल भईन । प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्ग राज गिरी रहेका थिए ।

आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन समेत उनैले गरेका थिए । पेजेन्ट नेपालले तयार पारेको उत्कृष्ट डिजाइनहरु प्रस्तुत गरिएको कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यबसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी  र बिशेष अतिथी बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष ईन्टरनेशनलका अध्यक्ष टेक राज पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई सम्मान अर्पण गरेका थिए ।