बैंककमा ‘सयकडा दश’को प्रिमियर सम्पन्न, यस्तो रहयो प्रतिक्रिया

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यही शुक्रवारबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘सयकडा दश’ को बैंककमा प्रिमियर भएको छ । नेपालमा प्रर्दशन हुनु अगाडीनै ‘सयकडा दश’ को बैंककमा प्रिमियर भएको हो । बैंककको मेजर एकमाइ हलमा राखिएको प्रिमियरमा बैंककमा बसोबास गर्दै आएका नेपालीहरुको निकै उपस्थिति रहेको थियो ।

निर्माता एवं अभिनेता राजाराम पौडेल नेपालदेखि प्रिमियरमा भाग लिन बैंकक पुगेका थिए । थाइ नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्यान्डका नेपाली भाषी समेत उपस्थित रहे । बर्मेली अभिनेत्री सोनिया राईको डेब्यु भएकाले चलचित्रलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्की लगायतले चलचित्र  करीब तीनसय बढीले हेरेका थिए । सामाजिक कथावस्तुले भरिपूर्ण चलचित्रलाई सरकारले बनाउनु पर्ने तर नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद भन्दै राजदूत गुरुङले चलचित्रका लागि धन्यवाद दिए । अन्य चलचित्र हेर्न उपस्थित व्यक्तिले पनि चलचित्रप्रति सकारात्मक प्रतिक्रिया जनाए । प्रिमियरपछि प्राप्त प्रतिक्रियाले निर्माता पौडेल खुसी छन् ।

रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल,अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने निर्देशक रामशरण पाठकले बताएका थिए । चर्चित कमेडियन तथा अभिनेता मनोज गजुरेलको डेब्यु चलचित्र ‘सयकडा दश’मा  गजुरेलको अलवा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक पाठक स्वयमले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण गरेको चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय,संजीव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस चलचित्र थाइल्यान्डका अन्य सहरमा समेत प्रदर्शन हुँदैछ भने म्यानमार प्रिमियर समेत आयोजना गरिएको छ ।