‘पुस्तकको मर्म मर्न दिएका छैनौं’: मुस्कान ढकाल

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

६ बर्षअघि सुबिन भट्टराईले कलम चलाएको उपन्यास ‘समर लभ’को कथामा चलचित्र निर्माण भएको छ । यो चलचित्र यहि माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसैबिच चलचित्र टिमले प्रमोशनका लागी बिभिन्न इभेन्ट गरिरहेको छ । यसैबिच मंगलबार लेखक भट्टराई सहित कलाकार र निर्माण टिमसहित राखिएको पत्रकार भेटघाटमा चलचित्रको बिषयमा थप जानकारी दिइएको छ ।

मुस्कान ढकाल निर्देशीत ‘समर लभ’का मुख्य पात्र अतित र सुस्मिताको भूमिका निभाएका नायक आशिष पिया र नायिका नम्रता सापकोटा र लेखककै भूमिकामा रहेका अभिनेता सुरज सिंह ठकुरीले चलचित्रमा काम गर्दाको अनुभव साटेका थिए । सायाको भूमिकामा रहेकी रेवती क्षेत्री भने अनुपस्थित थिइन् । निर्देशक ढकालले समर लभ पुस्तकलाई चलचित्रमा उतार्दा कथाको मर्म मर्न नदिएको जानकारी दिए । ‘पुस्तक पढ्दाको मज्जालाई पर्दामा थप अब्बलताका साथ उतारेका छौँ ।’ढकालले भने ।

किताब र फिल्म फरक रहँदा पढेकै कुरालाई पर्दामा ढाल्दा फिल्मी शैलीको प्रयोगमा केहि थपघट हुनसक्ने कुरा निर्देशक ढकालले बताए । ‘मलाई थाहा छ, नेपालमा पुस्तकको कथामा बनेको चलचित्र राम्रो चलेका छैनन् । अझै भनूँ, पुस्तकलाई न्याय गर्ने गरी पनि बनेका छैनन्,’ निर्देशक ढकालले थपे, ‘तर यो चलचित्रलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’

लेखक भट्टराईले चलचित्रका केहि कलाकारसँग आफू असहमत रहेको पनि खुलाए । उनले लामो समयदेखी चलचित्र टिमले कलाकारको छनोट गरेपनि केहि कलाकारहरुमा आफूलाई चित्त नबुझेको उनको भनाई थियो । यस्तै नव नायक आशिषले चर्चित पुस्तकको कथामा आफू अभिनय गर्न पाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिए । साथै नायिका नम्रताले सुस्मिताको भूमिकालाई न्याय दिएको जानकारी दिइन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेको यो चलचित्रमा विनोद अधिकारी कार्यकारी निर्मातामा छन् ।