मुम्बई , एजेन्सी ।

बलिउडमा फोटोग्राफर डब्बूको क्यालेन्डर हरेक वर्ष चर्चामा हुन्छ । उनको क्यालेन्डरका लागि बिश्व सुन्दरी ऐश्वर्या रायले सन् २००० देखि फोटोसुट गराउँदै आएकी छिन् भने अमिताभ बच्चन पछिल्लो १८ वर्षदेखि फोटोसुट गराउँदै आएका छन् । त्यसैगरी अभिनेता जोन अब्राहक डब्बूका स्कूलका सहपाठी हुन् । जो क्यालेन्डरका महत्वपूर्ण अनुहार हुन् ।

डब्बू रत्नानीको सोही क्यालेन्डरको सोमबार २० औं क्यालेन्डर सार्वजनिक कार्यक्रम मुम्बईमा आयोजना गरिएको थियो । कार्यक्रममा बलिउडका सेलिब्रिटीको बाक्लो उपस्थिती रहेको थियो । यसै क्रममा चर्चित अभिनेत्री रेखा पनि कार्यक्रममा उपस्थित भइन् ।

कार्यक्रममा चलिरहेको फोटो सेसनमा रेखाले अमिताभको फोटो देखेर निकैअचम्मको प्रतिक्रिया दिईन् । उनी क्यालेन्डरमा पनि अमिताभको फोटो भन्दै हाँस्दै त्यहाँ बाट दौडिदै गएर अर्को ठाएँमा उभिईन् । यस प्रकारको रेखाको हरकत देखेर त्यहाँ उपस्थित सबै गेस्ट गलल हाँसे ।