आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । भरतपुर १६ मा २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । कार्यक्रममा रंगशालाको थ्रीडी डिजाइन पनि देखाइएको थियो ।