आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

शुक्रवार बिहान वरिष्ठ कलाकार वि.एस राणाको निधन भएको छ । ७८ वर्षको उमेरका राणाको लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा निधन भएको हो ।उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतले बताएअनुसार शुरुमा उनको स्वासप्रस्वासमा समस्या आएको र अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको थियो । उनको मृत शरिरको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । चलचित्रकर्मी र शुभचिन्तकले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।

वि.एस राणा सन् १९९९ साउनमा नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका हुन् । उनी ललितपुरको बागडोलका बासिन्दा थिए । उनले श्रीमती र दुई छोरीका साथमा जीवन बिताउँदै आएका थिए। वि.सं २०४१ सालमा चलचित्र 'अन्याय' बाट रजतपटको अभिनय यात्रा शुरु गरेका राणाले 'चिनो', 'दक्षिणा','कोसेली','दुई थोपा आँशु' ,'नेपाली बाबु', 'करोडपति','अपराध', 'माया त माया हो', 'वसन्ती','देश', 'सेतो बाघ' 'कसले चोर्यो मेरो मनलगायतका १२ दर्जन बढी चलचित्रमा अभिनय गरेका थिए । 'सिद्धार्थ'र 'वसन्ती' नामक चर्चित नाटकको निर्देशन समेत गरेका राणा कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गर्थे ।