हिमांशलाई डडिकेट गर्दै नेहाले गाईन् ‘तेरा घाटा’

मुम्बई , एजेन्सी ।

केही समय अघिदेखि बलिउडकी चर्चित गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको ब्रेकअपलाई लिएर बलिउडमा निकै चर्चा भइरहेको छ । मिडियाले मात्र नभएर उनी आफैले पनि व्यक्तिगत जीवनबारे फ्यान्सहरुलाई सामाजिक सञ्जालबाट अपडेट दिइरहेकी हुन्छिन् । केही समय पहिला उनको लभलाईफमा ब्रेक भएको थियो। एक्टर हिमांश कोहलीसँगको ब्रेकअपपछि नेहा दुःखी छिन् । उनले आफु डिप्रेशनमा रहेकोसमेत बताएकी थिइन् ।

नेहाले हालै आफ्ना पूर्वप्रेमीलाई डेडिकेट गर्दै एक गीत ल्याएकी छन् । उनले यो गीतमार्फ आफ्ना पूर्वप्रेमीलाई धोकाको जवाफ दिएकी छन् । नेहाले हालै गीत ‘तेरा घाटा’ मा आफ्नो आवाज दिएकी छन्। स्वरमात्र दिएकी होइनन् यो गीतको भिडियोमा पनि नेहाले नै अभिनय गरेकी छन् । नेहाको अभिनय हेर्ने जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ, उनी तनावमा छिन्। तर, आफ्नो चित्त बुझाउने प्रयास गरिरहेकी छन् । यो गीको कम्पोज गजेन्द्र बर्माले गरेका हुन् भने शब्द र स्वर नेहाकै हो। यो गीत सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। फ्यान्सहरुले यो गीत नेहाले हिमांशका लागि गाएको अनुमान लगाएका छन् । जति बेला नेहाको ब्रेकअप भयो, त्यति बेला उनी इन्डियन आइडल सीजन १० को शूटिंगमा व्यस्थ थिइन् । एक प्रतियोगीको इमोशनल गीतमा नेहा सेटमै निकै भावुक भएकी थिइन् ।

निकै समय अघि यी दुईले आफूबीच रहेको प्रेम सम्बन्धलाई लिएर मिडियामा समेत खुलासा गरेका थिए । उनीहरुले कहिले पनि आफूबीच रहेको सम्बन्ध लुकाएका थिएनन् । यी दुईले आफ्नो सम्बन्धबारे मिडिया सँग खुलेर कुरा गर्दथिए । चलचित्र 'यारिया'को गीत 'आज ब्लु हे पानीु'बोलको गीतको रेर्कडिङ मा पहिलो पटक नेहा र हिमांशको  भेट भएको थियो । त्सहीबेला देखिनै हिमांशलाई नेहासँग समय बिताउन मन लाग्न थालेको र बिस्तारै आफूँ नजिकिदै गएको महसुस हुन थालेको उनले धेरै ईन्टरभ्युमा पनि बताएका छन् । हिमांशले आफ्नो फिलिङ्स बारे बताउदै प्रेमप्रस्ताव राख्दा नेहाले पनि खुशी हुदैँ प्रश्ताव स्वीकारेको बताएकी थिइन् ।

करिब चारबर्ष सम्म प्रेम सम्बन्धमा रहेका नेहा र हिमांशको प्रेम सम्बन्ध अहिले टुङ्गी सकेको छ । हाल यि दूईको ब्रेकअपको खबरलाई लिएर भारतीय मिडियाले मसला बनाईरहेको छ। यि दुईले एकअर्कालाई सोसल मिडिया अकाउन्टमा समेत अनफलो गरेपछि झन यस बिषयलाई लिएर बलिउड तातिरहेको छ । नेहाले हिमांशसागको इन्स्टाग्राममा भएको तस्विर र भिडियो पनि डिलिट गरेकी छिन् । नेहाले हिमांशले आफुमाथी जहिले पनि शंका गर्ने बताएकी छिन् । यि दुईको सम्बन्ध बिग्रेपछि उनीहरुका फ्यानहरु निराश भएका छन् ।

song: