‘समर लभ’मा समावेश ‘गुनासो छैन’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

यहि माघ २५ बाट प्रदर्शनमा आउँने चलचित्र ‘समर लभ’मा समावेश ‘गुनासो छैन’ बोलको गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोलाई लिरिकल बनाइएको छ । चलचित्रको  यसअघि सार्वजनिक गरिएको ‘साया’ बोलको गीत सर्वाधिक लोकप्रिय बनिसकेको छ ।

पुष्पन प्रधानको शब्द तथा संगीत समावेश यो गीतको भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिष पिया, रवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई पनि फिचर गरिएको छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् ।  एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सहनिर्मातामा सोपन सरकार र मनोज बिक छन् । ‘समर लभ’को स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको चलचित्रमा आशिष पिया, रवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीको अलवा नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायतको पनि  अभिनय रहेको छ ।

song: